काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले देशमा कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको बताएका छन् ।
उनले यो नै विश्वको पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको दाबी समेत गरेका छन् । योसँगै रुसको स्वास्थ्य मन्त्रालयबाट भ्याक्सीनलाई अनुमति मिलेको छ ।
त्यति मात्रै होइन, राष्ट्रपति पुटिनले कोरोनाको उक्त भ्याक्सीन आफ्नी छोरीले समेत लगाएको बताएका छन् ।
भ्याक्सीन मस्कोको गाल्मेल्या इन्स्टीट्यूटले डेभलप गरेको हो । मंगलवार रुसको स्वास्थ्इ मन्त्रालयले भ्याक्सीन सफल भएको बताएको छ ।
अब रुसमा छिटै भ्याक्सीनको प्रयोग थालिनेछ ।
#BREAKING Russia has developed 'first' coronavirus vaccine: Putin pic.twitter.com/s33LTMO0j0
— AFP News Agency (@AFP) August 11, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया