बुटवल । कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परिक्षण नीजि ल्याबबाट शुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित लायन्स क्लब अफ बुटवल सिद्घबाबाको सचिवालय भवनमा लायन्स क्लब अफ बुटवल सिद्घबाबा र नेशनल प्याथ ल्याबले संयुक्त संचालनमा आइतबारदेखि औपचारिक रुपमा परीक्षण सुरु गरेको हो ।
लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका २०२०र२०२१ का डिष्ट्रिक गभर्नर शम्भु नकर्मी, फष्ट भ्वाईस डिष्ट्रक गभर्नर रामप्रसाद भट्ट, पुर्व डिजि महेन्द्र नारायण श्रेष्ठ, क्लबका पुर्वअध्यक्ष शिद्दबाबा उपचार केन्दका अघ्यक्ष तथा डिष्ट्रिक स्टाट्रेजी चिफ योगेश घिमिरे, क्लबका अध्यक्ष ठाकुर प्रसाद आचार्य, पुर्ब अध्यक्षहरु राम प्रसाद बन्जाडे, टंक प्रसादगैरे गोकण पान्डे ,बिजय गुप्ता, तेज भट्टराई ,भोजराज पान्डे गणेस भट्टराई को उपस्थितीमा ल्याबको उद्धाटन गरिएको थियो ।साथै कल्बका निबर्तमान अध्यक्ष डिल्लिनारायण पान्डेले कार्यक्रम संचालन गरेका थिए।
क्लबको नवनिर्मित भवन ल्याबका लागि उपयुक्त रहेकाले सहकार्य गरिएको भबन निर्माण समीतिकाअध्यक्ष योगेश घिमिरेले बताए । करिब १ करोड २५ लाखमा भवन निर्माण भएको उनले बताए ।

डिष्ट्रिक गभर्नर शम्भु नकर्मीले क्लबको उचाई बढाउन यो क्षेत्रको महत्वपूर्ण भुमिका रहेको दावी गरे । डिष्ट्रिकका क्लबहरुमध्ये कोभिड टेष्टको काम सबैभन्दा उत्कृष्ट काम भएको उनले बताए ।
नेशनल प्याथ ल्याबका सञ्चालक पबन जोशी लेराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सुचीकृत र जैविक सुरक्षायुक्त ल्याब भएको बताए । क्लबको भवनलाई ल्याब तयार गराउन १ करोड २५ लाख खर्च भएको उनले बताए । कोभिडको स्वाब परीक्षण प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ तोकिएको उनले बताए । ल्याबको दैनिक ४ सय परीक्षण क्षमता रहेको उनले बताए । ल्याबका सञ्चालक शरद भुसाल तथा प्रकाश न्यौपानेले लायन्स सदस्यहरुलाई परीक्षणमा १० प्रतिशत छुट गराइने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया