गोंगबु हत्याकाण्डको रहस्य बाहिरियो : अभियुक्त कल्पनाले दिईन् प्रहरीलाई यस्तो बयान

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बरले १० स्थित गोंगबु नवज्योति मार्गमा आईतवार भएको रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिलाले आफ्नो अपराध स्विाकारेकी छन् ।

उनले मृतकले नक्कली फेसबुक अकाउण्ट बनाएर निर्वस्त्र फोटो पठाएपछि घरमा बोलाएको र दहि चिउरासँग स्लिपिङ ट्याब्लेट पनि साथमै खुवाएको बताएकी छन् ।

त्यसपछि उनले अण्डकोषमा हानेर बेहोस बनाए पछि टाउको र खुट्टा काटेको बताएकी छन् । शव व्यवस्थापनमा भने छोरीले पनि सघाएको बयान उनले दिएको प्रहरीले जनाएको छ ।सुटकेशमा शव नआटाएपछि टाउको र खुट्टा काटेको उनले बताएकी हुन् । उनी एक कलाकार रहेको खुलेको छ ।

मंगलवार पत्रकार सम्मेलनमार्फत प्रहरीले कल्पना मुडभरी (पौडेल) लाई सार्वजनिक गरेको हो । हत्यापछि काठमाडौंबाट माईत जान्छु भन्दै उनी एम्बुलेन्समा चितवन पुगेकी थिइन् । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् ।

अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै कक्षा १० मा अध्ययनरत अर्का एकजनालाई पनि पक्राउ गरेको बताएको छ । तर उनको भने पहिचान खुलाइएको छैन ।

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए । मृतक र कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?