गोंगबु हत्याकाण्डका अभियुक्त कलाकार रहेको खुलासा, फेसबुकबाट भएको थियो मृतकसँग चिनजान

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा आईतवार भएको रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कलाकार रहेको खुलेको छ ।

मंगलवार पत्रकार सम्मेलनमार्फत प्रहरीले कल्पना मुडभरी (पौडेल) लाई सार्वजनिक गरेको हो । हत्यापछि काठमाडौंबाट चितवन पुगेकी कल्पना कलाकार रहेको खुलेको हो । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् ।

अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै कक्षा १० मा अध्ययनरत अर्का एकजनालाई पनि पक्राउ गरेको बताएको छ । तर उनको भने पहिचान खुलाइएको छैन ।

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए । मृतक र कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?