काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाद ३८ हजार ६९५ जनाको मृत्यु भएको छ भने २ करोड २ लाख ४६ हजार ५८० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ३१ लाख ७ हजार ३६० जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ५२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४५ हजार ३५३ जनाको मृत्यु भएको छ भने २२ लाख ६७ हजार १५३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १५ लाख ८१ हजार ६४० जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ४० हजार १६० जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा सोमवार ५३ हजार १६ जनालाई संक्रमण भएको छ भने ८८७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया