भारतमा बितेको २४ घण्टामा ४३ हजार बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३५ हजार ९ सय २१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १ लाख ३१ ७६ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड २९ लाख ७६ हजार ४ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ७ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४५ हजार १ सय ९८ पुगेको छ । बितेको २४ घण्टामा ४३ हजार ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २२ लाख ५७ हजार ५ सय ७२ पुगेको छ ।

हालसम्म १५ लाख ७१ हजार ७ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ३२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?