यस्तो अमेरिकाको पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३५ हजार ९ सय २१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १ लाख ३१ ७६ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड २९ लाख ७६ हजार ४ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ७ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६५ हजार ८ सय १५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १६ हजार ८ सय ६९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५२ लाख १६ हजार ३ सय १३ पुगेको छ ।

हालसम्म २६ लाख ७२ हजार ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ८ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ९८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?