काठमाडौं । किष्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको हो।
काभ्रे घर भएकी ती महिलाको आज भर्खर मात्र पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंका २ सहित ४ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले भने आधिकारीक रुपमा जानकारी दिन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया