हिमालबाट निस्कियो यति ठूलो धुवाँको मुस्लो, ‘हाई अलर्ट’ जारी

काठमाडौं । इण्डोनेशियाको चर्चित हिमाल सिनाबुंगमा एक वर्षपछि फेरि ज्वालामुखी बिस्फोट भएको छ ।

उत्तरी सुमात्राको कारोमा रहेको यो ज्वालामुखीबाट धेरै ठूलो धुवाँको मुस्लो निस्किएको छ । धुवाँ केहि किलोमिटर टाढासम्म पुगेको छ ।

जसका कारण विमानहरुलाई हाईअलर्ट जारी गरिएको छ । स्थानीय मिडियाका अनुसार यो ज्वालामुखी शनिवार रातीबाट देखिएको थियो ।

यो ६ घण्टासम्म त्यस्तै देखिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?