भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

काठमाडौैं । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ ।

सोमवार दोश्रो प्रहरमा उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

उनी ८४ वर्षका भएका छन् । उनलाई कोरोना पोजेटिभ पाइएपछि अस्पतालमा भर्ना गरिएको छ । उनी सन् २०१२ देखि सन् २०१७ सम्म राष्ट्रपति बनेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?