सम्झौता नवीकरण गर्न नसक्दा पाकिस्तानले पाएन तेल !

काठमाडौं । पाकिस्तान र साउदी अरबबीचको तेलको सम्झौताको समयाअवधि सकिएको छ । करिव दुई महिना अघि नै दुई देशबीचको सम्झौता समयाअवधि सकिएको हो ।

पाकिस्तानले साउदी अरबसँग गरेको सम्झौता नवीकृत गर्न नसक्दा तेल नपाउने एक रिपोर्टमा जनाइएको छ ।

करिव दुई महिना अघि सकिएको सम्झौता नवीकरण नगरेसम्मका लागि साउदी अरबले तेल नदिने निर्णय गरेको छ ।

द एक्सप्रेस ट्रिब्यूनका अनुसार तेलको एग्रिमेण्टको समयावधि दुई वर्ष अगाडि गरिएको थियो । जुन अहिले सकिएको छ ।

पाकिस्तानले दुई वर्ष अगाडि साउदी अरबसँग ३.२ अर्ब डलरको तेल सम्झौता गरेको थियो ।
पाकिस्तानको बाह्य क्षेत्रको समस्यासमाधान गर्न नोभेम्बर २०१८ मा १ बिलियन डलर साउदी प्याकेजको घोषणा गरिएको थियो । पाकिस्तानले यस अगाडि नै १ अर्ब डलर भने दिईसकेको छ ।
पेट्रोलियम डिभिजनका प्रवक्ता साजिद काजीले एक्सप्रेससँग ट्रिब्यूनलाई सम्झौता २०२० मा सकिएको बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?