काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ३३ हजार ९१८ जनाको मृत्यु भएको छ भने २ करोड २१ हजार ३२१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १ करोड २८ लाख ९६ हजार ८९५ जना कोरोना संक्रमण मु भएका छन् भने विश्वमा ६४ हजार ६६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ६५ हजार ६१७ जनाको मृत्यु भएको छ भने ५१ लाख ९९ हजार ४४४ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २६लाख ६४ हजार १२६ जना संक्रमण मुक्त भएका छन् भने २३ लाख ६९ हजार १२६ जना उपचाररत छन् ।
त्यस्तै १७ हजार ८१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १० हजार ३८० जनाको मृत्यु भएको छ भने ५ लाख ६३ हजार २१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ५ लाख ३२ हजार ८०६ जनालाई कोरोना संक्रमण भएको छ भने ८ हजार १८६ जनाको मृत्यु भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म ५ लाख १० हजार १०१ जनालाई संक्रमण भएको छ भने ८ हजार ६१३ जनाको मृत्यु भएको छ ।
अमेरिकामा आईतवार मात्रै ४७ हजार ८४९ जनालाई संक्रमण भएको छ भने ५३४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया