कोरोना कहर : भारतमा आईतवार एक हजार भन्दा धेरैको मृत्यु, संक्रमित ६२ हजार बढी थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ३३ हजार ९१८ जनाको मृत्यु भएको छ भने २ करोड २१ हजार ३२१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड २८ लाख ९६ हजार ८९५ जना कोरोना संक्रमण मु भएका छन् भने विश्वमा ६४ हजार ६६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४४ हजार ४६६ जनाको मृत्यु भएको छ भने २२ लाख १४ हजार १३७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १५ लाख ३४ हजार २७८ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जना उपचाररत छन् ।

त्यस्तै भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा आईतवार मात्रै ६२ हजार ११७ जना संक्रमित थपिएका छन् भने १ हजार १३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?