कोरोना संक्रमणको हिसावले दोस्रो, तेस्रो र चौथो देशमा यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । कोरोना संक्रमणको हिसावले ब्राजिल, भारत र रसिया क्रमशः दोस्रो, तेस्रो र चौँथो स्थानमा रहेको छ ।

ब्राजिलमा बितेको २४ घण्टामा ४ हजार ९ सय १७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३० लाख १८ हजार २ सय ८६ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ६ सय ६७ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २० लाख ९४ हजार २ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ४ सय ५७ पुगेको छ । बितेको २४ घण्टामा ६० हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २२ लाख १२ हजार ४ सय २९ पुगेको छ । हालसम्म १५ लाख ३१ हजार ८ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय ३१ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार १ सय ८९ जनामा कोरोना पुष्टि भएको र ७७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ८७ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ९३ हजार ४ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३१ हजार ८ सय २१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९९ लाख २६ हजार ७ सय ३१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २८ लाख ५ हजार ७ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?