कोरोना विश्व अपडेट : १ करोड ९९ लाख बढीमा फैलियो संक्रमण, कति पुगे मृतक ? (तथ्यांकसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३१ हजार ८ सय २१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९९ लाख २६ हजार ७ सय ३१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २८ लाख ५ हजार ७ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६५ हजार २ सय ७४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ९ सय ७८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५१ लाख ६७ हजार ७ सय १ पुगेको छ । हालसम्म २६ लाख ४० हजार ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ४ हजार ९ सय १७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३० लाख १८ हजार २ सय ८६ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ६ सय ६७ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २० लाख ९४ हजार २ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ४ सय ५७ पुगेको छ । बितेको २४ घण्टामा ६० हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २२ लाख १२ हजार ४ सय २९ पुगेको छ । हालसम्म १५ लाख ३१ हजार ८ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय ३१ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार १ सय ८९ जनामा कोरोना पुष्टि भएको र ७७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ८७ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ९३ हजार ४ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार २ सय १० पुगेको छ । हालसम्म ५ लाख ५३ हजार १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ४ हजार ५ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

पेरुमा हालसम्म पेरुमा २० हजार ८ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ४ लाख ७१ हजार १२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख १९ हजार १ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ७४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ४ सय ९५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ७५ हजार ९ सय २ पुगेको छ । हालसम्म कोरोनाको कारण ५२ हजार ६ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ६ सय ९५ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख १८ हजार ६ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ८ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ११ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ३ लाख ७१ हजार २३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ४४ हजार १ सय ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ३ सय ५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय ३ पुगेको छ । हालसम्म ३ लाख ६१ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?