अमेरिकामा कोरोना भयावह : ५१ लाख ६७ हजार बढीमा संक्रमण, कति पुगे मृतक ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३१ हजार ७ सय ५२ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका १ करोड ९९ लाख २४ हजार १ सय ४४ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २८ लाख ४ हजार ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ९ सय ७४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६५ हजार २ सय ७४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ९ सय ७८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५१ लाख ६७ हजार ७ सय १ पुगेको छ ।

हालसम्म २६ लाख ४० हजार १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?