नेकपा नेता कृष्णप्रसाद सापकोटलाई हृदयघात

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटालाई हृदयघात भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले सापकोटको हृदयघातपछि सफल शल्यक्रिया भएको बताइन् । सामाजिक सञ्जाल फेसबुकमा सापकोटाको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छिन् ।

“हाम्रो पार्टी नेकपाका केन्द्रिय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज कमरेड कृष्ण प्रसाद सापकोटालाई ह्रृदयघात भई अहिले शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको खबर प्राप्त भएको छ। वहॉलाई शिघ्र स्वास्थ्य लाभको कामना”, उनले लेखेकी छिन् ।

सापकोटा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका भाई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?