‘सभापति देउवाले पार्टी भित्र कुनै निरंकुश काम गरेका छैनन्’ !

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी भित्र कुनै निरंकुश काम नगरेको बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति देउवाले विभागहरुको गठन गरी निर्वाचन आचारसंहिताको उलङ्घन गरेको आरोप लगाएको थियो ।

त्यस्तै सभापति देउवा निरंकुश बनेको आरोप समेत पौडेल पक्षले लगाएको थियो । सोही विषयमा कुरा गर्दै सह–महामन्त्री महतले सभापति देउवा निरंकुश भएको भन्ने कुरा कसैलेपनि नपत्याउने बताए । उनले विधानमा स्पस्टसँग व्यवस्था भए अनुसार विभाग गठन भएकाले कनै निरंकुश काम नगरेको प्रस्ट पारे । यस्तै वडाबाट क्रियाशील सदस्यहरुको टुंगो लागेपछि नामावली आउने र सभापतिले नामावली सार्वजनिक नगर्दा सम्म निर्वाचन आचारसंहिता नलाग्ने पनि महतले बताए ।

पार्टी भित्रका विभाग गनठनमा कुनै विवाद गर्नुपर्ने अवस्था नरहेको र जसरी असन्तुष्टि पोख्ने काम भएको छ त्यसलाई महाधिवेशन लागेको रुमिा सम्झिन आग्रह समेत गरे । कसैलाई नसोधि, केन्द्रीय समतिमिा पनि छलफल नगरी विभागहरुको गठन गर्ने अधिकार सभापतिसँग भएपनि नेताहरुको समझदारी नभइकन बनाउँदिन भन्दा ढिलो भएको अहिले गठन गर्दा निरंकुश मान्न नसक्ने उनले बताए । पार्टीमा नचिनेको कार्यकर्ता र नचिनेको नेता कोहीपनि नभएकाले कुनै एउटा विषयवस्तुलाई अतिशक्तिपूर्ण रुपमा प्रस्तुत नगर्न पनि नेताहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?