काठमाडौं । स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले शनिवार पिसिआर परीक्षण गराएका थिए । परीक्षणको आज रिपोर्ट आएपछि उनमा सङ्क्रमण पुष्टि भएको हो ।
ललितपुरको सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पिसिआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको उनले बताए ।
उनी अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टाइनमा बसेका छन् । उजले परिवारका सबै सदस्यको पिसिआर परीक्षण गराउने बताए । उनी डेढ दशकदेखि स्क्वासकाखेलाडीलाई प्रशिक्षण दिँदै आएका थिए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया