नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? समग्र विवरणसहित

काठमाडौं । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म ७१ दशमलव १ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा नेपालमा थप ४० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । हालसम्म १६ हजार ३ सय ५३ जना कोरोना मुक्त भइ घर फर्किएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

आज देशका विभिन्न ३७ वटा प्रयोगशालामा ८ हजार ५ सय १५ गरी हालसम्म ४ लाख ४३ हजार ८ सय ४ पुगेको छ । हाल नेपालमा ११ हजार ३८ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

कुन जिल्लामा कति थपिए संक्रमित ?

वीपी कोइराला स्वास्थ्य विज्ञान धरान प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका ३ जना

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा सिरहाका ४ जना र मोरङका २८ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापामा ४ जना र सुनसरीमा ३ जना

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १५ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुर धाममा गरिएको परीक्षणमा धनुषाका ३५ जना, महोत्तरीका १५ जना, रौतहटका १ जना, सप्तरीका २ जना, सर्लाहीका २ जना र सिन्धुलीका १ जना

नारायणी अस्पताल विरगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ३ जना, सर्लाहीका १ जना र पर्साका ७१ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंमा ४४ जना, ललितपुरका १ जना र नुवाकोटका ३ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धनुषाका १ जना, काठमाडौंका १८ जना

भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७ जना र नवलपरासी पूर्वका १ जना

पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ जना र धनुषाका १ जना

विर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाराका १ जना, रामेछापका १ जना र सिन्धुपालचोकका १ जना

स्टार अस्पताल प्रयोगशाला सनेपामा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, ललितपुरका १ जना र सर्लाहीका १ जना

ह्याम्स हस्पिटल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ८ जना

नेपाल कोरिया मैत्री अस्पताल गरिएको परीक्षणमा धादिङका १ जना, काठमाडौंका १ जना, नवलपरासी पूर्वका १ जना र पर्साका २ जना

विरेन्द्र अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना

प्रादेशीक क्षयरोग केन्द्र अस्पताल प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका १ जना, नवलपरासी पूर्वका १ जना, कपिलवस्तुका ६ जना र रुपन्देहीका ५ जना

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २१ जना र बर्दियाका २ जना

लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा गरिएको परीक्षणमा कपिलवस्तुका ११ जना, नवलपरासी पूर्वका १ जना र रुपन्देहीका ५ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा गरिएको परीक्षणमा दाङका ४ जना

सुर्खेत प्रादेशीक अस्पताल पशुपंछी रोग अन्वेषण सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ जना र सुर्खेतका २ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ४ जना र कालीकोटका २ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परीक्षणमा बैतडीका १ जना, डडेल्धुराका ३ जना र डोटीका ८ जना

 

कुन प्रदेशमा कति छन् सक्रिय संक्रमित ?

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ४४ जना रहेको छ ।

प्रदेश नं १ मा ५ सय ११, प्रदेश नं २ मा ३ हजार ७५ जना, वाग्मती प्रदेशमा १ हजार १ सय ३२ जना, गण्डकी प्रदेशमा २ सय ३७ जना, प्रदेश नं ५ मा ४ सय ४६ जना, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

 

कोरोनाको कारण थप २ जनाको मृत्यु, कहाँका हुन् ?

नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका १ पुरुष र पर्साकी १ महिला रहेको प्रवक्ता गौतमले जानकारी बताए ।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ वस्ने ६२ वर्षिय एक पुरुषको मिति २०७७ साल साउन २४ गते राती ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा दुखद निधन भएको हो । मधुमेहका रोगी निज साउन १७ गते कोभिड पुष्टी भई सोही दिन अस्पतालको आइसियुमा भर्ना भई उपचाररत थिए ।

त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं २ वस्ने २० वर्षिया एक महिलाको मिति २०७७ साउन २४ गते विहान १स्३० बजे दुखद निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । हाइपो थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुऱ्याइए पछि मृत घोषित भएकी थिइन । मृत्यु पश्चात उनको स्वाव नमुना परिक्षण गर्दा आज साउन २५ गते कोरोना पुष्टी भएको थियो ।

 

कुन प्रदेशमा कति जना कोरोना संक्रमण मुक्त ? (विवरणसहित)

नेपालमा थप ४० जना कोभिड-१९ बाट संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या १६ हजार ३ सय ५३ रहेका छन् ।

प्रदेश १                        – ९४७ जना
प्रदेश २                        – ३३३४ जना
वागमती प्रदेश              – ६०३ जना
गण्डकी प्रदेश              – १४४९ जना
प्रदेश ५                       – ४१७९ जना
कर्णाली प्रदेश              – १८९० जना
सुदुरपश्चिम प्रदेश          – ३९५१ जना

 

काठमाडौं उपत्यकामा कोरोनाको उच्च जोखिमः आज थपिएका संक्रमित कुन जिल्लाका कति ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैपटक ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकाका ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार श्री वीरेन्द्र अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४४ जना र ललितुरका १ जना, पाटन अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ५ जना, स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३ जना र ललितपुरका १ जना र ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जनामा गरि काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एकैपटक ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

 

कोरोना संक्रमितहरूको संख्या शुन्य भएका यी ७ जिल्ला

नेपालको ७७ जिल्लामध्ये अहिले ७ जिल्लामा कोरोना संक्रमित छैनन् ।

  • खोटाङ
  • धनकुटा
  • संखुवासभा
  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला

काठमाडौंसहित यी ४ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालका ४ जिल्लामा ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित रहेका छन् ।

  • पर्सा
  • रौतहट
  • महोत्तरी
  • काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?