स्वास्थ्य मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

हाल नेपालमा समुदायस्तरमा कोरोना जोखिम बढेको विज्ञहरुले बताएका छन् । यसअघि पनि मन्त्रालयका कर्मचारीमा कोरोना पुष्टि भएको भन्ने तथ्य बाहिरीए पनि पछि कोरोना पुष्टि नभएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?