काठमाडौं । भारतको राजस्थानस्थित जोधपुरमा एक दर्दनाक घटना भएको छ । त्यहाँ देचूको लोड्ता अचालावता गाउँमा ११ जनाको मृत्यु भएको छ ।
उनीहरु सबैको खेतमा शव भेट्टाइएको हो । सबै मृतक पाकिस्तानी शरणार्थी रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनीहरु सबै एकै परिवारका समेत रहेको बताइएको छ । उनीहरुको हत्या भएको आशंकामा पुलिसले अनुसन्धान थालेको छ ।
मृतकहरुमा २ पुरुष, ४ महिला र ५ जना बच्चा रहेका छन् । साथै एक युवक घाईते अवस्थामा फेला परेका थिए । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया