गोंगबुमा क्षत-विक्षत अवस्थामा फेला परेका मृतकले लगाएका थिए सेतो ‘भित्री गञ्जी’

काठमाडौं । आज (आईतवार) विहान राजधानीको गोंगबुमा विभत्स अवस्थामा टाउको र खुट्टा बिनाको शव भेटिएको छ । टाउको र खुट्टा भने शव भएको ठाउँभन्दा ३०० मिटर टाढा भेटिएको हो ।

आज विहान ७ बजे टोखा १० स्थित नवज्योती मार्गको सडक खण्डको छेउमा कालो सुटकेस भित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा शव फेला परेको थियो ।

गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि रगत बगेको देखेर प्रहरीलाई खबर आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।

अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म अन्दाजी ४० ४५ वर्षका पुरुष रहेको र उनले सेतो भित्री गञ्जी लगाएको पत्ता लगाएको छ ।

‘शव भेटिएको ठाउँ भन्दा करिव ३०० मिटर टाढा टाउको र खुट्टा भेटिएको छ’ महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले लोकपथसँग भने,’भेटिएको शव अन्दाजी ४०र४५ वर्षका अधबैंसे पुरुषको रहेको छ, अहिले हामी थप अनुसन्धान गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?