क्षत-विक्षत अवस्थामा भेटिएको शवको खुट्टा पनि फेला पर्यो, मृतक अन्दाजी ४०/४५ वर्षका पुरुष

काठमाडौं । राजधानीको गोंगबुमा विभत्स अवस्थामा टाउको र खुट्टा बिनाको शव भेटिएको छ । टाउको र खुट्टा भने शव भएको ठाउँभन्दा ३०० मिटर टाढा भेटिएको हो ।

गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्रा-टुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा आज विहान शव फेला परेको थियो ।

गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि रगत बगेको देखेर प्रहरीलाई खबर आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।

‘शव भेटिएको ठाउँ भन्दा करिव ३०० मिटर टाढा टाउको र खुट्टा भेटिएको छ’ महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले लोकपथसँग भने,’भेटिएको शव अन्दाजी ४०/४५ वर्षका अधबैंसे पुरुषको रहेको छ, अहिले हामी थप अनुसन्धान गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?