9 August, 2020 10:19 am

क्षत-विक्षत अवस्थामा सुटकेसमा भेटिएको शवको टाउको तीन सय मिटर टाढा फेला पर्यो


प्रकाशित मिति : 9 August, 2020 10:19 am

काठमाडौं । राजधानीको गोंगबुमा विभत्स अवस्थामा टाउको बिनाको शव भेटिएको छ । टाउको भने ३०० मिटर टाढा भेटिएको हो ।

गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।

‘सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर प्रहरीलाई खबर आएको थियो’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले लोकपथसँग भने, ‘कालो कपडाको सुट्केश छ, फरेन्सिक डाक्टरको टोली बोलाएर हेर्दै छौँ, हामी घटनास्थलमा छौँ ।’गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।

अहिलेसम्म शवको पहिचान हुन सकेको छैन ।

No description available.

प्रतिक्रिया दिनुहोस