कोभिड केयर सेन्टरमा आगो लाग्यो, ७ जनाको मृत्यु, भित्र थिए ४० जना

काठमाडौं । भारतको आन्ध्र प्रदेशको  विजयवाडास्थित एक होटलमा आगो लागेको छ ।

आगो लाग्दा त्यहाँ रहेका ७ जनाको मृत्यु भएको छ भने ४० जना भित्र रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अहिले फायर टेन्टर पुगेर आगो निभाउने काम गरिरहेको छ । उक्त होटलको प्रयोग कोभिड सेन्टरको रुपमा भएको थियो ।

घटना स्वर्ण प्यालेस नामको होटलमा भएको बताइएको छ । होटलमा ४० जना रहेको र ३० जना कोरोना संक्रमित रहेको बताइएको छ ।

१० मानिस भने अस्पतालका स्टाफ रहेका छन् । १५ जनालाई उद्धार गरिएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?