कोरोनाको प्रकोप : भारतमा संक्रमितको नयाँ ‘रेकर्ड’, थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण विश्वमा ७ लाख २९ हजार ४८४ जनाको मृत्यु भएको छ भने १ करोड ९८ लाख ८३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड २७ लाख १९ हजार १८१ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार १७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४३ हजार ४५३ जनाको मृत्यु भईसकेको छ भने २१ लाख ५२ हजार २० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ लाख ७९ हजार ८०४ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख २८ हजार ७६३ जना उपचाररत छन् ।

त्यस्तै भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ । यसैबीच भारतमा शनिवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

त्यहाँ शनिवार मात्रै ६५ हजार १५६ जना संक्रमित थपिएका हुन् भने ८७५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?