काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख २६ हजार ९ सय ९४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९६ लाख ९९ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २६ लाख ३९ हजार ५ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ९ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६४ हजार ५ सय ३३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २३ हजार १ सय ६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५१ लाख १८ हजार ६ सय ३० पुगेको छ । हालसम्म २६ लाख २० हजार १ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ३९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा २१ हजार ७ सय ३२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २९ लाख ८८ हजार ७ सय ९६ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २ सय ४० जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २० लाख ६८ हजार ३ सय ९४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ३८जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ४ सय ४६ पुगेको छ । बितेको २४ घण्टामा ६३ हजार ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २१ लाख ५० हजार ८ सय ५८ पुगेको छ । हालसम्म १४ लाख ७६ हजार ९ सय ९४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय ६८ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार ८ सय ५४ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार २ सय१२ जनामा कोरोना पुष्टि भएको र १ सय २९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ८२ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ९० हजार २ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय ९ पुगेको छ । हालसम्म ५ लाख ४५ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ३ लाख ९४ हजार ७ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
पेरुमा हालसम्म पेरुमा २० हजार ६ सय ४९ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ४ लाख ६३ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख १४ हजार ३ सय ३२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ७ सय १७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ६९ हजार ४ सय ७ पुगेको छ । हालसम्म कोरोनाको कारण ५१ हजार ३ सय ११ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ७ सय ९४ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख १३ हजार ३ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ८ सय ६४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ११ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा २ हजार १ सय ९८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ७१ हजार २३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ४४ हजार १ सय ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ३ सय ५ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया