ब्राजिलमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं । ब्राजिलमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २ सय ४० जनाको कोरोनाको कारण ज्यान गएको छ । बितेको २४ घण्टामा २१ हजार ७ सय ३२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २९ लाख ८८ हजार ७ सय ९६ पुगेको छ ।

हालसम्म वल्डोमिटरको तथ्यांक अनुसार २० लाख ६८ हजार ३ सय ९४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ३८जनाको ज्यान गएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख २६ हजार ९ सय ४८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९६ लाख ९७ हजार ९ सय ३२ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड २६ लाख ३९ हजार ५ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ९ सय ३९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?