ललितपुरमा थपिए ३ कोरोना संक्रमित

काठमाडौं । ललितपुरमा बितेको २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमित थपिएका छन् । पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणका क्रममा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज काठमाडौंमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?