सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको परीक्षणमा ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्टले जानकारी दिए ।

संक्रमितमा कंचनपुरका ३ पुरुष र कैलालीका ४ पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?