चीनमा फेरि फैलिन थाल्यो कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख २४ हजार ५० जनाको मृत्यु भएको छ भने १ करोड ९५ लाख ४१ हजार २१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड २५ लाख ४४ हजार ४८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार १५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच चीनमा पछिल्लो २ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै चीनमा अहिलेसम्म ८४ हजार ५९६ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

चीनमा ७९ हजार १२३ जना संक्रमण मुक्त भएका छन् भने ४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?