कोरोनाको प्रकोप : अमेरिकामा फेरी बढे कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख २४ हजार ५० जनाको मृत्यु भएको छ भने १ करोड ९५ लाख ४१ हजार २१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड २५ लाख ४४ हजार ४८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार १५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ६४ हजार ९४ जनाको मृत्यु भएको छ भने ५० लाख ९५ हजार ५२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २६ लाख १६ हजार ९६७ जना संक्रमण मुक्त भएका छन् भने २३ लाख १४ हजार ४६३ जना उपचाररत छन् ।

त्यस्तै १८ हजार ५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १० हजार २०९ जनाको मृत्यु भएको छ भने ५ लाख ४९ हजार १५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ७ हजार ९२७ जनाको मृत्यु भएको छ भने ५ लाख १८ हजार ७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ८ हजार ३४४ जनाको मृत्यु भएको छ भने ४ लाख ९७ हजार ४०६ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा शुक्रवार मात्रै ६३ हजार २४६ जना संक्रमित थपिएका छन् भने १ हजार २९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?