भोटाहिटिका १० जना व्यवसायी र कामदारहरुमा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिका २७ वडा अन्तर्गत भोटाहिटि गल्लीका १० जना व्यवसायी र कामदारहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भोलिबाट १ हप्ताको लागि यस वडाका महाबौद्ध, असन गल्ली, तु केब गल्ली, भोताहिटि गल्ली, साझा गल्ली, असन र कमलाक्षी एरियाका पसलहरु बन्द बन्द गरिने भएको छ ।

२७ वडा कार्यालय, महानगरिय प्रहरी प्रभाग जनसेवा र स्थानीय टोल सुधार समिति, क्लव र व्यापार समितिको सहकार्यमा उक्त निर्णय गरिएको हो ।

साथै कोरोना जोखिम न्यूनिकरणको लागि सहयोग गर्न वडाले सबै व्यवसायी तथा आम सर्वसाधारणमा सहयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?