काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं २२ मा व्यापारीहरुमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना जोखिम न्यूनिकरणका लागि वडा भित्र व्यवसायीक क्रियाकलाप बन्द गर्न वडाले निर्देशन दिएको छ ।
शुक्रवार बसेको कामनपा वडा नं २२ समिति, स्थानीय संघ संस्था तथा व्यापार संघको बैठकले त्यस्तो निर्णय गरेको हो ।
केही व्यापारीहरुमा कोरोना संक्रमण देखिएसँगै अन्य व्यापारीहरुको कोरोना परीक्षण गरिएको र रिपोर्ट नआएसम्मका लागि व्यापारीक क्रियाकलाप नगर्न वडाले निर्देशन दिएको छ । वडा अन्तर्गतको उत्तरी न्यूरोड क्षेत्रका सम्पूर्ण पसल तथा कार्यालयहरु समेत बन्द गर्नका लागि निर्देशन दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया