कोरोना जोखिम बढेपछि उपत्यकामा कडाई गर्ने प्रशासनको निर्णय

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उपत्यकामा थप कडाइ गरिने भएको छ ।

आज उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै बैठकले दुई हप्तासम्म नागरिकता र पासपोर्ट वितरणमा समेत रोक लगाउने निर्णय गरेको छ ।

आजको प्रजिअ तथा सरोकारवालासँगको बैठकको निर्णयअनुसार उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न पाइने छैन् ।

कोरोना जोखिम न्यूनिकरणको लागि आइतवारबाट लागू हुनेगरी उक्त निर्णय गरिएको जनाइएको छ । बैठकको निर्णय अनुसार सवारी साधन आवत जावत र मानवीय क्रियाकलापमा समेत कडाई गर्न लागिएको हो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले हिजोबाट जोर बिजोर प्रणाली लागू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?