कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिले गर्‍यो चिकित्सकहरुसँग अन्तर्किया

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले महामारीको अवस्थामा पहिलो लाइनमा रहेर महामारी नियन्त्रणमा काम गरिरहेका चिकित्सकहरुको अवस्थाका बारेमा नेपाल चिकित्सक संघ संग आज राधधानीमा रहेको संघको कार्यालयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

कार्यक्रममा चिकित्सक लगाएत स्वास्थाकर्मीले भोगीरहेका समस्या र समाधानका बिकल्पमा केन्द्रित रही छलफल भएको थियो । उक्त छलफलमा सहभागीहरुले महामारीका समयमा पहिलो लाइनमा रहेर काम गर्नु पर्ने चिकित्सकहरुको मनोबल बढाई सेवा सुबिधा समेतमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन।

उक्त छलफलमा बोल्दैं कोरोना अनुगमन समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री डा महतले महामारी नियन्त्रणमा पहिलो लाइनमा रही सेवा गरिरहेका चिकित्सकहरुको मनोबल उच्च राख्न र सोहि अनुरुप सेवा सुबिधा समेत उपलब्ध गराउने बिषयमा सरकारको ध्यानाकर्षण गराए ।

साथै डा महतले सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री नै बेसार खाएर कोरोना सकिन्छ भन्ने जस्ता हल्का टिप्पणीमा लाग्नु दुखद भएको र स्वास्थाकर्मी र बिज्ञहरुले पहिले देखि नै सजक गराएका बिषयहरु सरकारले गम्भिर रुपमा नलिएका कारण अहिलेको अवस्था आएको बताए।

कार्यक्रममा नेपाली कांग्रेस अनुगमन समितिका सदस्यहरु एनपी साउद, डा प्रभु बुढाथोकी, डा लक्ष्मीराज पाठक, राजिब बिक्रम शाह, नैनसिंह महर र नेपालचिकित्सक संघका पदाधिकारी एव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?