पहिरोमा परि चिया बगानका ७५ कर्मचारी बेपत्ता

काठमाडौं । भारतको केरलस्थित मुन्नरमा पहिरोमा परेर हुँदा चिया बगानका ७५ कर्मचारी बेपत्ता भएका छन् ।

केरलको मुन्नरमा भएको भीषण वर्षापछि भूस्खलन भएको हो ।

यो घटनामा टाटा ग्लोबल वेबरेजेज (टीजीबी) को सहयोगी कम्पनी कन्न देवान शिल्स प्लान्टेशन कम्पनी प्राइभेट लिमिटेड (केडीएचपी) का ७५ भन्दा धेरै कर्मचारी र उनीहरुको परिवारका सदस्य बेपत्ता भएका हुन् ।

उनीहरुको खोजी भईरहेको भारतीय सञ्चारमाध्यहरुले खबर प्रकाशित गरेका छन् । घटना आज बिहीन भयो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?