भारतमा २० दिनमा १० लाख संक्रमित थपिए

काठमाडौं । भारतमा पछिल्लो २० पदनमा १० लाख संक्रमित थपिएका छन् ।

योसँगै भारतमा कुल संक्रमितको संख्या २० लाख नाघेको छ । भारतमा अहिलेसम्म ४१ हजार ६३८ जनाको मृत्यु भइसकेको छ भने २० लाख २५ हजार ४०९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ७७ हजार ३८४ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ६ हजार ३८७ जना स्वास्थ्योपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भारतमा बिहीवार मात्रै अहिलेसम्मकै सबेभन्दा धेरै संक्रमित थपिएका छन् ।

बिहीवार ६२ हजार १७० जना संक्रमित थपिएका छन् भने ८९९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?