चोरी मुद्दाका फरार पक्राउ

दमौली । चोरी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले बिहीवार पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा बन्दीपुर–५ झारगाउँ तिलाहर बस्ने २८ वर्षीय रुपराज गुरुङ रहेका छन् । जिल्ला अदालतको विसं २०७३ कात्तिक १८ गतेको फैसलाले छ महिना कैद र ५१ हजार ७५० रुपैयाँ जरिवाना तोकेपछि उनी फरार रहँदै आएका थिए ।

तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा घरमा रहेको अवस्थामा फेला परेपछि पक्राउ गरी अदालतसमक्ष पेश गरेको हो । अदालतसमक्ष पेश गरिएका गुरुङलाई अदालतले बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिँदै आएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?