कोरोनाको प्रकोप : अमेरिकामा फेरि बढ्न थाले मृतक र संक्रमित, बिहीवार मात्रै यति धेरै

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख १७ हजार ६८७ जनाको मृत्यु भएको छ भने १ करोड ९२ लाख ५७ हजार ६४९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड २३ लाख ५७ हजार ६५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६५ हजार २५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा अहिलेसम्म कोरोनाका कारण १ लाख ६२ हजार ८०४ जनाको मृत्यु भएको छ भने ५० लाख ३२ हजार १७९ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा २५ लाख ७६हजार ६६८ जना संक्रमण मुक्त भएका छन् भने २२ लाख ९२ हजार ७०७ जना उपचाररत छन् ।

त्यहाँ १८ हजार २९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा १० हजार २१ जनाको मृत्यु भएको छ भने ५ लाख ४१ हजार २५० जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ५ लाख १० हजार ३८९ जनालाई संक्रमण भएको छ भने ७ हजार ७४७ जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा ४ लाख ८९ हजार ७३१ जनालाई संक्रमण भएको छ भने ८ हजार ११६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा बिहीवार मात्रै ५८ हजार ६११ जना संक्रमित थपिएका छन् भने १ हजार २०३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?