7 August, 2020 8:56 am

कोरोना कहर : भारतमा संक्रमितको नयाँ रेकर्ड, एकैदिनमा ९ सय को मृत्यु


प्रकाशित मिति : 7 August, 2020 8:56 am

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख १७ हजार ६८७ जनाको मृत्यु भएको छ भने १ करोड ९२ लाख ५७ हजार ६४९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड २३ लाख ५७ हजार ६५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६५ हजार २५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा अहिलेसम्म ४१ हजार ६३८ जनाको मृत्यु भइसकेको छ भने २० लाख २५ हजार ४०९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ७७ हजार ३८४ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ६ हजार ३८७ जना स्वास्थ्योपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भारतमा बिहीवार मात्रै अहिलेसम्मकै सबेभन्दा धेरै संक्रमित थपिएका छन् ।

बिहीवार ६२ हजार १७० जना संक्रमित थपिएका छन् भने ८९९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस