अपडेट : आमाछोरीमाथि तारपिनको तेल प्रहार

काठमाडौं । राजधानीको चुच्चेपाटीमा आमाछोरीमाथि तारपिनको तेल प्रहार भएको छ ।

हेटौडा घर भइ सो स्थानमा बस्दै आएका राजन विष्टले बिहीबार राति विवादका क्रममा श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेको महानगरीय प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । तारपिनले छोरीको आँखामा समेत लागेपनि उनको अवस्था सामान्य रहेका प्रहरीको भनाइ छ ।

घटनामा संलग्न  विष्ट पक्राउ परेका छन् । एसिड आक्रमण भएको भन्दै स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले हटारमा सञ्चारमाध्यममा सूचना चुहाएपनि घटनास्थलमा पुगेर यथार्थ बुझ्दा तारपिन प्रहार गरेको खुलेको हो ।

(यसअघि प्रकाशित समाचारमा प्रहरी सूचनाका आधारमा एसिड आक्रमण उल्लेख भएकामा तारपिन मात्रै हानिएकाे भन्ने प्रहरीले प्रष्ट पारेकाले सोहीअनुसार सच्याइएकाे छ-लोकपथ)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?