कोरोनाको कारण थप ३ जनाको मृत्यु, मृतक संख्या ४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा २ जना नेपाली र १ जना भारतीय रहेका छन् । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १० निवासी ६५ वर्षीय पुरुष रहेका छन् । उनी भारतीय नागरिक हुन् । उनको गण्डक अस्पतालमा साउन ११ गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । उनमा मुटु तथा मधुमेह सम्बन्धी समस्या रहेको थियो ।

त्यस्तै अर्का धनुषा जिल्ला सहिदनगर नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुष रहेका छन् । ज्वरो, खोकीको समस्या रहेका उनको साउन ११ गते निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई साउन १० गते प्रादेशीक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा थप समस्या आएपछि उनलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिँदैगर्दा बाटोमा नै निधन भएको थियो ।

त्यस्तै अर्का मृतक बारा जिल्ला फेटा गाउँपालिका वडा नं ३ निवासी ६० वर्षीय पुरुष रहेका छन् । उनको आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । उनमा निमोनिया मतिष्कघात तथा मर्गौला सम्बन्धी रोगबाट पीडित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?