प्रहरीलाई घुस दिन खोज्ने कारबाहीमा, इमान्दारीता प्रदर्शन गरेबापत पुरस्कार

काठमाडौं । ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस बापतको रकमसहित पक्राउ गरी कारबाही गरिएको छ भने आफ्नो ड्युटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ९ जना र जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ जना गरी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

विशेष गरी सवारी चालकहरुले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने, सवारी दुर्घटना गराई कानुनी कारबाहीबाट उम्कने र नदीजन्य सामाग्री अवैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि डियुटीमा रहेका प्रहरी कर्मचारीहरुलाई ५ सय रुपैयाँ देखि ५ हजार रुपैयाँ सम्म रकम दिएर प्रलोभनमा पार्न खोजिए पछि उनीहरुलाई रकम सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

बिभिन्न मिती र समयमा पक्राउ परेका व्यक्तिहरुलाई कसुर अनुसार सावर्जनिक हित, स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाईएको,संक्रमण रोग ऐन २०२० अनुसार आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उंघन गरेको कसुरमा जरिवाना गराईएको छ । आर्थिक प्रलोभनको लागि प्रहरीलाई दिईएको रकम भने अबआईन्दा यस्तो कार्यमा संलग्न नहुने सर्तमा काजग गराई सम्बन्धीत व्यक्तिलाई भरपाई गराई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?