कोभिड-१९ को सवल व्यवस्थापनको माग राख्दै युवाहरुको सत्याग्रह, कांग्रेसको साथ

काठमाडौं । कोभिड १९ को सवल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले शुरु गरेको सत्याग्रहका लागि नेपाली कांग्रेसले एकवद्धता जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका इनफ इज इनफ समूहका युवाहरुलाई भेटगरी कोभिड नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको एकवद्धता रहेको बताएका हुन् । युवाहरुले कोभिड नियन्त्रणका लागि राखेको जायज माग प्रति कांग्रेसको समर्थन रहेको र सत्याग्रहका लागि एकवद्धता जनाएको उनले बताए । कोभिड संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले आरडिटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण शुरु गर्न सुझाव दिइएको तर सरकारले बेवास्ता गरेको बताए । युवाहरुले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे सम्झौता गरेको थियो ती सम्झौतालाई पुरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने उनले बताए ।

इनफ इज इनफ समूहका युवाहरु १० दिन देखि कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना पानी नखाई सत्याग्रह बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?