काठमाडौंमा दिनदहाडै बसबाट एक लाख चोर्नेलाई यसरी पक्रियो प्रहरीले

काठमाडौं । काठमाडौंमा दिनदहाडै चोरी भएको छ ।

स्यम्भूबाट बौद्ध जाने बसमा एक लाख रुपैयाँ चोरी भएको हो ।

उक्त रुपैयाँ चारी गरेर भाग्न लाग्दा रामेछाप स्थायी घर भई हाल काठमाडौं बस्दै आएका २७ वर्षीय रमेश कुमार कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बालाजुका प्रमुख डिएसपी रञ्जित सिंह राठौरले लोकपथलाई बताए ।

स्वयम्भूबाट बालाजु जाँदै गरेका उक्त व्यक्तिले पैसा हराएपछि प्रहरीलाई खबर गरेका थिए । उनले प्रहरीलाई दिएको सूचनाका आधारमा छानबिन गर्दा उनलाई पक्राउ गरेको राठौरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?