श्रीराम ‘सुगर मिल्स’ स्थायी रुपमा बन्द

काठमाडौं । श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द गरिने भएको छ। दुई दशकभन्दा अगाडि रौतहट जिल्लामा स्थापना भएको श्रीराम मिल साउन ११ गतेदेखि स्थायी रुपमा बन्द भएको हो ।

शुरुवाती केही वर्षहरुमा राम्रैसँग सञ्चालनमा आएको चिनी उद्योग विगत लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएए पछि कम्पनीले बन्द गर्ने निर्णय गरेको एक सूचना मार्फत जानकारी गराइएको छ । उद्योगलाई टिकाई राख्न कम्पनीका सञ्चालकहरु लागि परेपनि वार्षिक घाटा धेरै व्यहोर्नु पर्दा कम्पनी बन्द भएको बताइएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ सम्ममा कुल २ अर्ब १७ करोड ७५ लाख ५८ हजार रुपैयाँ घाटा व्यहोरेको बताइएको छ।

उद्योग बन्द भएपश्चात् उद्योगमा कार्यरक श्रमिक, कर्मचारीहरुलाई बाँकी रहेको तलब, भत्ता र अन्य सुविधाको रकम उद्योगको नाममा रहेको चलअचल सम्पत्तीमा बिक्री गरि भुक्तानी गर्दै जाने उद्योगले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?