काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको नजिक आईरहेका बेला दुबै पार्टीका उम्मेद्वार आफ्नो पार्टीको सरकार बन्ने दाबी गरिरहेका छन् ।
रिपब्लिकन पार्टीका उम्मेद्वार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हालै मा राष्ट्रपतिको लागि उम्मेद्वारी दर्ता गरेका जो बाइडेन दुबैले आफ्नो पार्टीको सरकार बन्ने दाबी गरिरहेका हुन् ।
७४ वर्षीय ट्रम्पको दाबी छ कि, एक सर्वेक्षणका आधारमा चुनाव आफूले नै जित्ने निश्चित छ । तर ट्रम्प अहिले विभिन्न समस्याले ग्रसित छन् ।
उनलाई कोरोनाको महामारी पहिला हटाउनू पर्ने चुनौति रहेको छ । साथै अर्थव्यवस्था पनि उकास्नुपर्ने आवश्यक रहेको छ ।
चुनाव आउनका लागि अब मात्र १०० दिन बाँकि रहेको छ । ट्रम्पको प्रतिस्पर्धीको रुपमा ७७ वर्षीय डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन रहेका छन् ।
उनलाई अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको फुल सपोर्ट रहेको छ । उनी ओबामाको कार्यकालमा अमेरिकाको उपराष्ट्रपति बनेर काम गरेका थिए ।
उनले सन् २०१६ मा अमेरिकालाई महान देश बनाउने संकल्पले पनि धेरै मानिसहरु उनको सपोर्टमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया