कोरोना विश्व अपडेट : संक्रमण मुक्त हुनेको संख्या एक करोड नाघ्यो, कतिको अवस्था गम्भीर ?

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ५२ हजार २५६ जनाको मृत्यु भएको छ भने १ करोड ६४ लाख २० हजार २८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ४८ हजार ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा अहिले ५७ लाख १९ हजार ९८१ जना स्वास्थ्योपचार गराईरहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ३७९ जनाको मृत्यु भएको छ भने ९ हजार ८१० जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?